अक्षय फेरि भगवानको चरित्रमा

एजेन्सी   POSTED ON : श्रावण ७, २०७८ (९:२१ AM)

अक्षय फेरि भगवानको चरित्रमा

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारलाई चलचित्रमा दोस्रो पटक भगवानको चरित्रमा देख्न पाइने भएको छ । उमेश शुक्लाले निर्देशन रहेको चलचित्र ‘ओ माई गड’ को दोस्रो सिक्वेलमा उहाँ दोस्रो पटक भगवानको चरित्रमा देखिन लाग्नुभएको हो । 

अगस्टबाट फ्लोरमा जाने चलचित्रलाई यस पटक भने निर्देशक अमित रायले निर्देशन गर्दै हुनुहुन्छ । साथै कलाकार परेश रावलको ठाउँमा पंकज त्रिपाठी भित्रिनु भएको छ । अक्षयले फिल्म ‘बेल बोटम’को सुटिङ सकाएलगतै ‘ओ माई गड’ फ्लोरमा जाने भारतीय सञ्चारमा उल्लेख छ ।


Views: 65

Top