नेहा कक्कड आमा बन्दै ?

एजेन्सी   POSTED ON : श्रावण ७, २०७८ (९:२२ AM)

नेहा कक्कड आमा बन्दै ?

मुम्बई । बलिउडकी लोकप्रिय गायिका नेहा कक्कडले गतवर्ष बिहे गरेपछि गायनको भन्दा बढी व्यक्तिगत कुराहरू चर्चा हुन थालेको छ । रोहनप्रित सिंहसँग विवाह गर्नुभएकी नेहा श्रीमानसँग विभिन्न ठाउँमा घुमेका गतिविधि उहाँका फ्यानले निकै उत्सुकताका साथ हेरेको र चर्चा गरेको पाइन्छ । 

यस्तै विवाहलगत्तै नेहा गर्भवती भएको खबर बाहिर आएको थियो । सो खबरको विषयमा नेहा केही बोल्नुभएको थिएन । किनभने सो समय उक्त खबर उहाको नयाँ गीतको प्रमोसन स्टनवाहेक केही थिएन । उक्त खबरका लागि फ्यानले उहाँलाई निकै ट्रोल गरेका थिए । अहिले फेरि नेहा गर्भवती भएको खबर चर्चामा छ । 

नेहा र रोहन केही दिन पहिले दुवै एयरपोर्टमा देखिनुभएको थियो । केही समयदेखि नेहाको पहिरन सेन्ससमेत केही परिवर्तन भएको छ । नेहा र रोहनको केही फरक स्माइलमा जुन तस्वीर बाहिर आएको छ । त्यसले नेहा गर्भवती भएको संकेतसमेत दिएको छ । नेहाले इन्स्टाग्राममा केही तस्वीरसमेत शेयर गर्नुभएको छ । जसमा उहाँले पर्पल कलरको पहिरन लगाउनु भएको छ । यो पहिरनमा उहाँले रोहनप्रितका साथ प्रेमले भरिएको तस्वीर खिचाउनु भएको छ । धेरै तस्वीर उहाँले साइट पोजमा दिनुभएको छ । यसले पनि उहाँ गर्भवती भएको अनुमानमा बल पुगेको छ ।


Views: 91

Top