मिस एण्ड मिसेस युनिभर्सल-२०७८ हुँदै

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (६:५६ AM)

मिस एण्ड मिसेस युनिभर्सल-२०७८ हुँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय सौन्दर्य प्रतियोगिता ठप्पप्रायः छन् । तर पनि सुरक्षाका उपाय अवलम्बन गर्दै केही प्रतियोगिताहरू भइरहेका छन् । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञा खुकुलो भएसँगै सौन्दर्य प्रतियोगितालगायतका केही कार्यक्रमहरू सुरु भएका छन् । यस्तैमा सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ ।

स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियोगिताको यतिबेला अडिसन भइरहेको छ । पहिलो अडिसनबाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट भएको आयोजकले जनाएको छ ।

मिस र मिसेसहरूमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको स्पार्कल इन्टरटेनमेन्ट अध्यक्ष अम्बिका अर्यालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको अन्तिम स्पर्धा भदौ १९ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुँदैछ ।

बाजेको सेकुवा स्पोन्सर रहेको प्रतियोगिताको को-अडिनेटर नितु श्रेष्ठ हुनुहुन्छ । विवाहअघि र विवाहपछि पनि करियरलाई थप मद्दत पुग्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको स्पार्कलका उपाध्यक्ष सुनिला केसी र कोषाध्यक्ष प्रमिला प्रधानांगले बताउनुभयो ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई करिब एक महिना लामो प्रशिक्षण दिइनेछ । त्यसक्रममा उनीहरूलाई कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ । यसका साथै उनीहरूलाई आत्मविश्वास विकास, लिडरसिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइने जनाइएको छ ।

अश्विनीकान्त झा अफिसियल कोरियोग्राफर रहेको यो प्रतियोगिताको मुख्य जजमा रुवी राणा र प्रियारानी रहनुभएको छ । 

प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनुका साथै म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै विजेता कोरियन ब्राडको द सीम नेपालको एम्बेसडर बन्नुहुनेछ । त्यस्तै फस्र्ट रनर अप तथा सेकेन्ड रनर अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।


Top