दिल्लीमा खुले सिनेमाघर

एजेन्सी   POSTED ON : श्रावण १२, २०७८ (७:०१ AM)

दिल्लीमा खुले सिनेमाघर

नयाँदिल्ली । भारतमा कोरोना महामारीको दोस्रो लहर कम हुँदै गएपछि भने आइतबारबाट सिनेमाघर खुलेका छन् । दिल्ली सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल सञ्चालनको अनुमति दिएसँगै सिनेमाघर खुलेका हुन् । यसले प्रदर्शकहरूलाई केही हदसम्म भए पनि राहत दिएको छ । 

दिल्लीमा कोरोना संक्रमण केही कम भएपछि विस्तारै हरेक क्षेत्रहरू पुरानै लयमा फर्किन थालेका छन् । यता महाराष्ट्रमा भने सरकारले अहिलेसम्म हल खोल्न दिने विषयमा कुनै निर्णय गरेको छैन । बलिउड चलचित्रको सबैभन्दा बढी व्यापार नै महाराष्ट्रबाट हुने गर्छ ।


Top