अलग भए मिया र रोबर्ट

एजेन्सी   POSTED ON : श्रावण १२, २०७८ (७:०३ AM)

अलग भए मिया र रोबर्ट

मुम्बइ । पूर्वपोर्नस्टार अभिनेत्री मिया खलिफाले पति रोबर्ट सेण्डबर्गसँग अलग्गिने निर्णय लिनुभएको छ । मियाले आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट सेयर गर्दै यस्तो निर्णय लिएको सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो वैवाहिक जीवनलाई अगाडि बढाउने धेरै प्रयास गरे पनि प्रयास असफल भएको उल्लेख गर्नुभएको छ । 

‘हामी विश्वासका साथ भन्छौं कि हामीले आफ्नो विवाह गर्नका लागि सबै गर्‍यौं । तर, एक वर्षको थेरापी र प्रयासका बाबजुद हामीले यो निर्णय लिएका छौं कि हामी एक मिल्ने साथी हौं । हामीले विवाह बचाउन धेरै कोसिस गर्‍यौं । हामी जहिल्यै प्रेम र एकअर्काको सम्मान गर्नेछौं’, उहाँले लेख्नुभएको छ । अलग्गिएको घोषणा गर्नु केही दिनअघि खलिफाले आफ्ना पति रोबर्ट सेण्डबर्गको इन्स्टाग्राममा एनिभर्सरीको शुभकामना दिनुभएको थियो । 


Top