‘हाम्रो प्रतिभा आइडल २०२१’ को विजेता सम्झना

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (७:०५ AM)

‘हाम्रो प्रतिभा आइडल २०२१’ को विजेता सम्झना

काठमाडौं । ‘हाम्रो प्रतिभा आइडल २०२१’ को विजेता इलामकी सम्झना राई बन्नुभएको छ । हाम्रो प्रतिभा चौतारीको आयोजनामा ‘हाम्रो प्रतिभा आइडल २०२१’ भर्चुअल विधिबाट सम्पन्न भएको हो । करिब दुई महिनाअघिबाट अनलाइन गायन प्रतियोगिताका रूपमा सुरु भएको यस प्रतियोगितामा ७९ जनाले भाग लिएका थिए ।

विभिन्न चरणहरू पार गर्दै पाँचजना फाइनल पुगेका थिए । प्रतियोगितामा प्रमुख निर्णायक गायक तथा संगीतकार राज सागर हुनुहुन्थ्यो । जनवादी गायक प्रदीप देवान, गायिका माण्डवी त्रिपाठी, गायक तथा अभिनेता जयनन्द लामा, गायक लाक्पा शेर्पा, गायिका सुरक्षा सेन्चुरी, गायिका सिर्जु अधिकारीको उपस्थिति फाइनल कार्यक्रममा भएको थियो ।

प्रतियोगितामा झापाकी तृष विष्ट, इलामका विजय भण्डारी, झापाका अर्पण उप्रेती, स्याङ्जाका विशाल रानाभाट क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनुभएको थियो ।


Top