‘उत्तर अमेरिकी नेपाली कविता’मा २२१ कविता

हिमालय टाइम्स   POSTED ON : श्रावण २१, २०७८ (७:४८ AM)

‘उत्तर अमेरिकी नेपाली कविता’मा २२१ कविता

काठमाडौं । ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक संग्रह प्रकाशित गरिएको छ । विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा उक्त संग्रह प्रकाशित गरिएको हो 

संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २२१ नेपालीभाषी कविका उक्त संग्रहमा संकलित छन् । सम्पादक क्षेत्रीले चार वर्षसम्म नेपालका लागि अमेरिकास्थित कूटनीतिक सेवामा रहँदा त्यहाँ सक्रिय नेपाली स्रष्टाका भाषा, साहित्य र देशभक्तिबाट प्रभावित भई संकलन सुरु गर्नुभएको हो । सम्पादक क्षेत्रीले संग्रहमा कविले कर्मभूमिमा भोगेको पीडा, सुख, संघर्ष, आरोह, अवरोह तथा आफ्नोपनलाई कलात्मकरूपमा उनेको बताउनु भएको छ । 

संग्र्रहले डायस्पोरिक नेपाली कविताको अध्ययन-अनुसन्धान गर्न र प्रवासी नेपालीका कविताका बारेमा जानकारी लिन मद्धत गर्ने बताइएको छ । 


Top