कलाकार डंगोललाई सहयोग गर्न वलीको सरकारलाई आग्रह

हिमालय टाइम्स   POSTED ON : श्रावण २१, २०७८ (७:५१ AM)

कलाकार डंगोललाई सहयोग गर्न वलीको सरकारलाई आग्रह

काठमाडौं । दुवै मिर्गौला फेल भएर उपचार गराइरहनु भएकी कलाकार पल्पसा डंगोलको उपचारमा सहयोग गर्न राष्ट्रियसभा सांसद एवं गायिका कोमल वलीले सरकारलाई आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै कोमलले पल्पसाको स्वास्थ्योपचारमा सक्दो सहयोग गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको हो । 

पल्पसालाई पाँच वर्षअघि पहिलोपटक मिर्गौलाको समस्या देखिएको हो । तर, परिवारका कसैलाई पनि उहाँले यसबारे जानकारी दिनुभएको थिएन । दुई छोरीहरूसमेत उहाँको समस्याबारे अनभिज्ञ रहेको बताइएको छ । तर डेढ महिनाअघि सास फेर्न गाह्रो भएपछि टिचिङ अस्पताल भर्ना गरिएको थियो । अहिले पनि पल्पसा अस्पतालमै उपचाररत हुनुहुन्छ । हास्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् । 


Top