गायिका ब्रिटेनीको तेस्रो इंगेजमेन्ट

एजेन्सी   POSTED ON : भदौ २९, २०७८ (७:०८ AM)

गायिका ब्रिटेनीको तेस्रो इंगेजमेन्ट

हलिउड । चर्चित अमेरिकन गायिका ब्रिटेनी स्पियर्सले तेस्रोपटक इंगेजमेन्ट गर्नुभएको छ । उहाँले प्रेमी सेम अजगारीसँग इंगेजमेन्ट गरेको खबर आइतबार सार्वजनिक गर्नुभएको हो । इन्स्टाग्राममा इंगेजमेन्टको हीराको औंठी देखाउँदै उहाँले दर्शकलाई जानकारी गराउनु भएको हो । 

३९ वर्षीय गायिका स्पियर्सको यो तेस्रो इंगेजमेन्ट हो । सेमले पनि सामाजिक सञ्जालमा यो खबर सार्वजनिक गर्नुभएको छ । ब्रिटेनीले यो खबर उहाँका बुबाले संरक्षकत्वबाट हट्न तयार भएको भन्दै अदालतमा निवेदन दिएबापत गर्नुभएको हो । 

पछिल्लो केही महिनादेखि ब्रिटेनी आफ्नो बुबासँग कानुनी लडाइँ लडिरहनु भएको थियो । पछिल्लो १३ वर्षदेखि ब्रिटेनीको व्यक्तिगत र व्यावसायिक पाटोमा कानुनी रूपमा उहाँका बुबाले कन्ट्रोल गर्दै आइरहनु भएको थियो । ब्रिटेनी र सेमको भेट सन् २०१६ मा म्युजिक भिडियो ‘स्लम्बर पार्टी’को छायांकनको क्रममा भएको थियो । पहिलो भेटपछि उनीहरूबीच निकटता बढ्दै गयो र पछि प्रेमसम्बन्धमा परिणत भयो । यसअघि उहाँको केविन फेडरलाइनसँग विवाह भएको थियो, केविन र उनको दुई छोराहरू छन् । त्यसअघि सन् २००४ मा बाल्यकालका साथी जेसन अलेक्जेन्डरसँग विवाह भइसकेको थियो ।

Top