पुष्पन र प्रविशाको ‘तिम्रो मन...’

हिमालय टाइम्स   POSTED ON : भदौ २९, २०७८ (७:११ AM)

पुष्पन र प्रविशाको ‘तिम्रो मन...’

काठमाडौं । पुष्पनको प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन...’ सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्द, रिकेश गुरुङको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र समृद्धि पौडेललाई फिचरिङ गरिएको छ । इन्दु भण्डारीको कोडिनेट रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्रफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।

गीतमा आफूले माया गरेको मान्छेलाई आशु झार्न नदिने बाँचा गरिनुका साथै एक अर्कामा पूर्णरूपमा समर्पित भएको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

Top