कविता कृति ‘निषेधाज्ञाका प्रतिबिम्बहरू’ सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (७:१० AM)

कविता कृति ‘निषेधाज्ञाका प्रतिबिम्बहरू’ सार्वजनिक

काठमाडौं । ६ जना कविहरूको संयुक्त कविता कृति ‘निषेधाज्ञाका प्रतिबिम्बहरू’ सार्वजनिक गरिएको छ । विमोचित कविताको कृतिकारहरूमा ऋषभदेव घिमिरे, मधु पाठक, रञ्जना निरौला, डा.शान्तिमाया गिरी, सुमन वर्षा र सुषमा आचार्य अंशु रहनु भएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङलगायतले उक्त संयुक्त काव्यकृति लोकार्पण गर्नुभयो । उपकुलपति डा.गुरुङले पुस्तक विमोचन गर्दै कवि तथा लेखकमा सरस्वती तथा व्यासको बौद्धिक अंश हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाले कविता लेख्ने खासगरी नारीले मानव वेदनालाई नजिकबाट चित्रण गर्न सक्ने बताउनुभयो । कृतिमा समेटिएका ६ कविहरूले कोरोना कालखण्डमा तयार पारेका कविताहरू संकलन गरिएको छ ।

राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष कवि ऋषभदेव घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्ध्या पहाडी, विधान आचार्य, श्रीओम रोदन, राधेश्याम लेकाली, डा.रेणुका थापा, डा.विन्दु शर्मालगायत बोल्नुभएको थियो । 

Top