एमसिसीबारे करिश्माको धारणा

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (७:१६ AM)

एमसिसीबारे करिश्माको धारणा

काठमाडौं । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको विपक्षमा यतिबेला देशका विभिन्न स्थानमा सर्वसाधारणबाट विरोध भइरहदा एकातर्फ बहस भइरहेको छ ।

सत्तामा साझेदार राजनीतिक दलहरू राष्ट्रिय सहमति जुटाएर संशोधनसहित एमसिसी संसदबाट पारित गर्नुपर्ने पक्षमा छन् भने सत्ताभन्दा बाहिर रहेका केही राजनीतिक दलले एमसिसी राष्ट्रघाती सम्झौता रहेको भन्दै दिनहूँ सडक तताएका छन् । यसैबीच नेपाली कलाकारले पनि एमसिसीको विषयमा आआफ्नो तर्क राखिरहेका छन् ।

नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिकाको रूपमा परिचय बनाउनु भएकी करिश्मा मानन्धरले पनि एमसिसीको विषयमा धारण राख्नुभएको छ । करिश्माको एमसिसीको विपक्षमै उभिएर धारणा व्यक्त गर्नुभएको छ । एमसिसीले जनतालाई दुःख दिने आशय व्यक्त गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुप¥यो भने हात्ती ल्याउनु ठीक होला ? घरभित्र कलह हुने तत्व भिœयाउनु ठीक होला ? अगुवाइ गर्नेहरूको विगतका निर्णयका परिणामले गर्दा नै जनतामा यो अविश्वास उब्जाएको होला नि त ।’

एमसिसीको बारेमा ठोकुवा गरेर जनतालाई बुझाउन आग्रह गर्दै करिश्माले जनताको विरोधमा गएर अगुवाइ गर्न नहुने बताउनुभएको छ । हालै एमसिसी उपाध्यक्ष फातिमा सुमार नेपाल आइरहदा एमसिसीको विषय थप तातिएको हो । अभिनेता राजेश हमालले पनि फेसबुकमा लाइभ आउँदै आफ्नो धारणा राख्नुभएको थियो । हमालले घुमाउरो शैलीमा जनतालाई स्वीकार हुन नसकेको एमसिसी सम्झौता लागू गर्न नहुने बताउनु भएको छ । 


Top