दाङमा उत्सर्ग संगीत अवार्ड हुने

हिमालय टाइम्स   POSTED ON : आश्विन १०, २०७८ (७:३७ AM)

दाङमा उत्सर्ग संगीत अवार्ड हुने

दाङ । दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने भएको छ । राप्ती क्षेत्रका स्रष्टालाई हौसला र पुरस्कृत गर्ने उद्देश्यले उत्सर्ग फिल्मस् नेपालले यो अवार्ड आयोजना गर्न लागेको हो । अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रूपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरू, मातृभाषाका गीतहरू, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक केएल पीडितले बताउनुभयो । 

अवार्डमा सहभागिताका लागि २०७८ असोज १ गतेसम्म बजारमा आएका गीतसंगीतले आवेदन दिन सक्नेछन् । अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरूले आगामी कात्तिक २ गतेसम्म गीतसंगीत पठाइसक्नुपर्ने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले जानकारी दिनुभयो । अवार्ड वितरण समारोह तिहारपछि एक कार्यक्रमको आयोजनासहित हुने आयोजक पक्षले जनाएको छ ।


Top