यस वर्ष मिस युनिभर्समा निःशुल्क आवेदन दिन मिल्ने

हिमालय टाइम्स   POSTED ON : आश्विन १०, २०७८ (७:३८ AM)

यस वर्ष मिस युनिभर्समा निःशुल्क आवेदन दिन मिल्ने

काठमाडौं । मिस युनिभर्स २०२१ आयोजना हुने भएको छ । प्रतियोगिता दर्ता, क्वार्टरफाइनल चयन र प्रशिक्षणसत्रलाई भच्र्युअल रूपमै सञ्चालन गर्नेगरी यस वर्षको मिन युनिभर्स हुनलागेको हो । 

‘साहसी, निभर्भिक सुन्दर-मेरा निम्ति सम्पूर्ण नेपाली महिलाहरूको पहिचान हो यो,’ प्रतिस्पर्धाबारे मिस युनिभर्स नेपालका निर्देशक नग्मा श्रेष्ठले भन्नुभएको छ, ‘मैले ७ वर्षको उमेरबाट यस्ता प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने सपना देखेको थिएँ । लास भेगसमा आयोजित मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउँदा मलाई निकै गर्व महसुस भएको थियो ।’ 

नग्मा अहिले मिस युनिभर्स नेपालको राष्ट्रिय निर्देशक हुनुहुन्छ । प्रतियोगितबारे उहाँले अघि थप्नुभएको छ, ‘आफू र आफ्नो देशको गर्वसाथ प्रतिनिधित्व गर्न पाएको अवसर मजस्तै सबै नेपाली युवा महिलाहरूसँग होस् भन्ने कुरा सुनिश्चित गर्न चाहन्छु ।’

गतवर्ष मिस युनिभर्स नेपाल अंशिका शर्माले जित्नुभएको थियो । आयोजकले प्रतिस्पर्धाको आवेदन यस वर्ष निःशुल्क रहने जनाएको छ । मिस युनिभर्स नेपाल हुनेले १० लाख रुपैयाँ नगद पुरस्कार र हीराको ताज पाउनेछ । नेपालको सौन्दर्य प्रतियोगिताको इतिहासमा यो सबैभन्दा उच्च राशिको पुरस्कार रहेको आयोजकको दाबी छ । 


Top