‘ढुंगाको प्रेम’ कवितासंग्रह लोकार्पण

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७८ (७:२० AM)

‘ढुंगाको प्रेम’ कवितासंग्रह लोकार्पण

विराटनगर । गिरिराज बाँस्कोटाद्वारा लिखित ‘ढुंगाको प्रेम’ नामक कवितासंग्रहको लोकार्पण गरिएको छ । उक्त कवितासंग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार विमोचन गरिएको हो ।

शिखा बुक्सले प्रकाशन गरेको कवितासंग्रहको साहित्यकार विमल वैद्यले विमोचन गर्नु भएको थियो । उक्त कृतिमा २७ वटा कविता समावेश छ । लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुनुहुन्छ ।

Top