‘नगेन्द्रराज शर्मा : अभिनन्दन ग्रन्थ’ सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७८ (७:२४ AM)

‘नगेन्द्रराज शर्मा : अभिनन्दन ग्रन्थ’ सार्वजनिक

काठमाडौं । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा राष्ट्रिय अभिनन्दन मूल समारोह समिति २०७७ द्वारा प्रकाशित ‘नगेन्द्रराज शर्मा ः अभिनन्दन ग्रन्थ’ सार्वजनिक भएको छ ।

शनिबार आयोजित एक कार्यक्रममा सार्वजनिक उक्त अभिनन्दन ग्रन्थ, ग्रन्थका प्रधान सम्पादक पवन आलोक र कार्यकारी सम्पादक विधान आचार्यले साहित्यकार शर्मालाई समर्पण गर्नुभएको थियो । 

कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरे तथा साहित्यकार विनोद दीक्षितले नगेन्द्रराज शर्मासँग जोडिएका पलहरू सुनाउनुभयो । सो अवसरमा समालोचक प्राडा ज्ञानु पाण्डे, विधान आचार्य, श्रीओम रोदन, रञ्जना निरौलालगायतले बोल्नु भएको थियो । ग्रन्थको सम्पादक मण्डलमा पवन आलोकसहित विधान आचार्य, गोविन्द गिरी प्रेरणा, देविका तिमिल्सिना, श्रीओम श्रेष्ठ ‘रोदन’ र रोशन थापा ‘नीरव’ हुनुहुन्छ । नगेन्द्रराज शर्मालाई २०७७ चैत २२ गते उनको ८४औं जन्म दिवसका अवसरमा राष्ट्रिय अभिनन्दन गरिएको थियो ।

Top