सौन्दर्यविद् भट्टराई सम्मानित

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७८ (७:३२ AM)

सौन्दर्यविद् भट्टराई सम्मानित

काठमाडौं । सौन्दर्यविद् नारायण भट्टराई सम्मानित हुनुभएको छ । राजधानीमा एक विशेष समारोहबीच सम्पन्न भएको ‘पिम नेपाल फिल्म फेष्टिवल २०२०’मा उहाँ सम्मानित हुनु भएको हो । पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्नपावर इन्टरनेशनल मिडिया नेपालद्वारा आयोजित ‘पिम नेपालफिल्म फेष्टिवल २०२०’मा उहाँ सम्मानित हुनु भएको हो । 

सौन्दर्यविद् भट्टराई निर्णायक भूमिकामा रहनु भएकाले ‘जुरी अवार्ड’बाट सम्मानित हुनु भएको हो । उहाँलाई प्रमाणपत्र र खादा, फूलमालाले सम्मानित गरिएको थियो । भट्टराईले सौन्दर्यविद्का रूपमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । उहाँका कार्यले तारिफ बटुलिरहँदा उहाँलाई विभिन्न मानसम्मान र अवार्डहरू प्राप्त भइरहेका छन् । 

उहाँ फेशन, सौन्दर्य तथा कला क्षेत्रका कार्यक्रम आयोजकको पहिलो रोजाइमा पर्नुहुन्छ । विभिन्न संघसंस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिका निभाउनुका साथै सौन्दर्य कलाको क्षेत्रमा पुर्‍याउनुभएको योगदानस्वरूप उहाँ विभिन्न सम्मानबाट सम्मानित हुनुहुन्छ । भट्टराईका सौन्दर्य सम्बन्धि विभिन्न लेख प्रकाशित भइरहेका हुन्छन् । उहाँले प्रशिक्षकका रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । 

Top