तिलक र श्रीओमलाई ‘ग्वंग सिरपा सम्मान’

हिमालय टाइम्स   POSTED ON : कार्तिक ४, २०७८ (६:०२ AM)

तिलक र श्रीओमलाई ‘ग्वंग सिरपा सम्मान’

भक्तपुर । स्रष्टाहरू तिलक प्रकाश र श्रीओम श्रेष्ठ रोदनलाई ‘ग्वंग सिरपा सम्मान’ प्रदान गरिने भएको छ । साहित्यिक सम्मान संगम, भक्तपुरले वरिष्ठ स्रष्टा एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको नाममा स्थापित ‘ग्वंग सिरपा सम्मान’ साहित्यतर्फ श्रीओम रोदन तथा संस्कृतितर्फ तिलक प्रकाशलाई प्रदान गर्ने निर्णय गरेको हो । 

सम्मान समितिका संयोजक सञ्जीवबाबु ग्वंग तथा सदस्यहरू प्रा.डा.लक्ष्मणप्रसाद गौतम, धु्रव मधिकर्मी, जितेन्द्र रसिक र धु्रवेश्वरी कायस्थ ग्वंग सम्मिलित बैठकले मंगलबार उक्त निर्णय गरेको हो । ५० हजार रुपैयाँ राशीसहितको उक्त सम्मान रोदनको निबन्धसंग्रह ‘अभिबन्द्य’ र तिलक प्रकाशको कृति ‘वीरग्रन्थ’मा केन्द्रित रहेर प्रदान गरिएको जनाइएको छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको सक्रियतामा विसं २०५० सालमा साहित्यिक सम्मान संगमको स्थापना भएको हो ।

Top