ठगी मुद्दामा ज्याक्लिन र नोरालाई सोधपुछ

एजेन्सी   POSTED ON : कार्तिक ४, २०७८ (६:०४ AM)

ठगी मुद्दामा ज्याक्लिन र नोरालाई सोधपुछ

मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज र नोरा फतेहीलाई २ सय करोड भारतीय रुपैयाँ ठगी र फिरौती मामिलामा इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी)ले सोधपुछका लागि बोलाएको छ । उक्त मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्नहरुलाई ईडीले सोधपुछ गरिरहेको बताएको छ ।

सुकेश चन्द्रशेखरले रनबक्सीका पूर्वप्रमोटर शिविन्दर सिंह र मलविन्दर सिंहलाई २ सय करोड रुपैयाँ ठगी गरेको आरोप छ । श्रीलंकाली नायिका उहाको पत्नी लिना पाउलसँगको सम्बन्धको कारण यस मुद्दामा मुछिनुभएको हो । गत अगस्त २४ मा चेन्नईस्थित लिनाको घरमा छापा मारेर एजेन्सीले ८२.५ लाख रकम तथा दर्जनौं महँगा गाडी बराबद गरेको जनाएको छ । 

दिल्ली प्रहरीले २ सय करोड रुपैयाँ ठगी र फिरौतीको उजुरी दर्ता गरेको आधारमा यो छानबिन अघि बढाइएको बताइएको छ । चन्द्रशेखर १७ वर्षको उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेको यो सबै घटनाको मास्टरमाइण्ड रहेको ईडीले बताएको छ । उनीविरुद्ध अन्य दर्जनौं मुद्दा रहेको छ ।

Top