तेस्रो एपिक नेपाल म्युजिक अवार्डः ३२ विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : कार्तिक ८, २०७८ (६:४० AM)

तेस्रो एपिक नेपाल म्युजिक अवार्डः ३२ विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं । अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन, कला गलाको सम्मान हाम्रो अभियान भन्ने नाराका साथ विगत दुई वर्षदेखि सुरु भएको एपिक नेपाल म्युजिक अवार्डको तेस्रो संस्करण आउँदो मंसिर ११ गते आयोजना हुँदैछ । यसै अवार्डमा समावेश गरिएका ३२ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।

आयोजक संस्था एपिक नेपाल म्युजिक प्रालिले आइतबार उत्कृष्ट पाँचमा परेका सर्जक तथा गीतको तालिका सार्वजनिक गरेको हो । यस वर्षका लागि यस अवार्डसँग भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सहकार्य गरेको छ । अवार्ड समारोह पनि मध्यपुरथिमी नगरपालिका वडा-८ बोडेस्थित कुमारी पार्कमा दिउँसो १ बजेदेखि हुने संस्थाकी अध्यक्ष बबिता श्रेष्ठले बताउनुभयो । विशेषगरी मध्यपुर थिमीभित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्देश्यले नगरपालिकाले सहकार्य अगाडि बढाएको यसअघि नै नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताउनुभएको थियो ।

यस अवार्डमा नेपाली लोकगीततर्फका नयाँ तथा पुराना गायक, गायिका, मोडलदेखि निर्देशकहरूलाई पनि समेटिएको छ । आयोजक संस्थाकी अध्यक्ष श्रेष्ठले भन्नुभएको छ, ‘हामीले नेपाली कला क्षेत्रमा योगदान पु¥याउनु भएका सबैलाई समेट्ने प्रयास गरेका छौं । उहाँका अनुसार काठे, नेवारी र देउडा गीत गायक, गायिका र मोडललाई पनि समेटिएको छ ।’ उत्कृष्ट पाँचमा परेकालाई यही कात्तिक १३ गते एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरिने बताइएको छ । तालिका आयोजक संस्थाको अफिसियल फेसबुक पेजमार्फत हेर्न सकिनेछ ।

Top