रजनीकान्तलाई ‘दादासाहेब फाल्के अवार्ड’

एजेन्सी   POSTED ON : कार्तिक ९, २०७८ (६:५५ AM)

रजनीकान्तलाई ‘दादासाहेब फाल्के अवार्ड’

मुम्बई । भारतको ‘राष्ट्रिय चलचित्र अवार्ड २०२१’मा साउथ सुपरस्टार रजनीकान्तलाई ५१औं ‘दादासाहेब फाल्के अवार्ड’बाट सम्मानित गरिएको छ । सोमबार दिल्लीको विज्ञान भवनमा ६७औं अवार्ड सम्पन्न भएको हो । 

यस्तै समारोहमा अभिनेत्री कंगना रनौत, अभिनेता धनुष, मनोज बाजपायेलाई शीर्ष सम्मान प्रदान गरिएको छ । अभिनेत्री कंगना रनौतलाई चलचित्र ‘मणिकर्णिका’ र ‘पंगा’ का लागि ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड प्रदान गरिएको हो । ‘उत्कृष्ट अभिनेता’को अवार्डमा चलचित्र अशुरनबाट धनुष र चलचित्र भोंसलेबा मनोज बाजपायेले प्राप्त गर्नुभएको हो । 

उहाँहरूलाई उपराष्ट्रपति एम वेनकाई नायडुले अवार्ड प्रदान गर्नुभयो । यता ‘उत्कृष्ट फिचर फिल्म’तर्फ प्रियादर्शनको मलायलम अवधि महाकाव्यमा आधारित ‘मरकाराः लायन अफ द अरबियन सी’ले प्राप्त गरेको छ । त्यस्तै ‘उत्कृष्ट हिन्दी फिल्म’को अवार्ड दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको ‘छिछोरे’ले प्राप्त गरेको छ । कोरोना महामारीका कारण अवार्ड समारोह २०२० बाट २०२१ मा सरेको थियो ।

Top