भरत र पारसको एक घण्टा भेट

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७८ (६:३० AM)

भरत र पारसको एक घण्टा भेट

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’का बिजेत भरतमणि पौडेल र पूर्वयुवराज पारस शाहको भेट भएको छ । शोमा भरतले पारसको गेटअपमा उत्रिएर क्यारिकेचर गर्नुभएको थियो । त्यसपछि भरतको चर्चा हृवात्तै चुलिएको थियो । कतिपयले भरतले शोको टाइटल जित्नुको मुख्य प्रस्तुति पारसको गेटअपसहितको प्रस्तुतिलाई पनि भनेका थिए ।

केही दिनअघि काठमाडौंको शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा दुवैबीच एक घण्टा कुराकानी भएको भरतले बताउनुभएको छ । भरतले मंगलबार फेसबुकमा तस्वीर सार्वजनिक गरेपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् र तस्वीरको चर्चा भइरहेको छ । भरतले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिनुभएको छ । भरतका अनुसार भेट्नेवित्तिकै पूर्वयुवराज पारसले भरतले दिएको प्रस्तुति फन्नी फन्नी भन्नुभएको थियो । 

‘पहिलो भेटमै उहाँले वर्षांैपछि भेट भएको साथी जस्तो व्यवहार देखाउनुभयो । म उहाँको प्रशंसक थिए, भेटेपछि झनै ठूलो फ्यान भएको छु ।’ मलाई त एकदम मन पर्‍यो, उहाँको सादगी जीवन देखेर । मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो । भरतमणिसँगै ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइराला पनि भेटमा सहभागी थिए । भरतले लेख्नुभएको छ ।


Top