मण्डलामा ‘जिजीविषा’ मञ्चन

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७८ (६:४४ AM)

मण्डलामा ‘जिजीविषा’ मञ्चन

काठमाडौं । अनामनगरस्थित मण्डला थियटरमा नाटक ‘जिजीविषा’ मञ्चन भएको छ । मण्डला ड्रामा स्कुलको पहिलो ब्याचका विद्यार्थीहरूको प्रस्तुति रहेको नाटकलाई नाटककार सोमनाथ खनालले लेख्नुभएको हो भने राजन खतिवडाले निर्देशन गर्नुभएको हो । नाटक सोमबार र मंगलबार साँझ ५ बजे मञ्चन भएको हो । नाटक ‘जिजीविषा’ माछाहरूको यात्राको कथा रहेको नाटककार सोमनाथ खनालले बताउनुभयो ।

कोरोना महामारीबीच स्वास्थ्य मापदण्ड पालना गर्दै सीमित दर्शकबीच नाटक देखाइएको बताइएको छ । जसअनुसार १५० जना क्षमता सिट भएको थियटरमा केवल ८० जनालाई मात्र नाटक छ ।


Top