कटुवालको उपन्यास ‘फेरि अर्को बिहानी’ सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७८ (६:५२ AM)

कटुवालको उपन्यास ‘फेरि अर्को बिहानी’ सार्वजनिक

काठमाडौं । उपन्यासकार हरि कटुवालको तेस्रो उपन्यास ‘फेरि अर्को बिहानी’ सार्वजनिक गरिएको छ । एक कार्यक्रमबीच आख्यानकार कृष्ण धरावासीलगायत साहित्यकारहरूले सार्वजनिक गर्नुभएको हो । 

कार्यक्रममा मन्तव्य दिँदै साहित्यकार धरावासीले कुनै पनि लेखकले इमानदार भएर निरपेक्ष भई लेख्न सके लेखन प्रभावशाली हुने उल्लेख गर्दै साहित्यमा लाग्ने हो भने लेखकले लोभ गर्न नहुनेमा जोड दिनुभयो । निबन्धकार युवराज नयाँघरेले कटुवाललाई शुभकामना दिँदै कटुवालको कृति लोभलाग्दो भएको बताउनुभयो ।

पल्लव प्रकाशनको आयोजनामा सम्पन्न कृति विमोचन कार्यक्रममा जीवनाथ खनाल, हरि कटुवाल र ऋषिराज पाण्डेले आफ्नो विचार राख्नुभएको थियो । लेखक कटुवालको यसअघि दुई उपन्यास ‘अधुरो सपना’ र ‘रेडलाइट’ प्रकाशित छ ।


Top