अमरको ‘मार्‍यो सुड्डो’ले

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७८ (७:०४ AM)

अमरको ‘मार्‍यो सुड्डो’ले

काठमाडौं । गीतकार अमर बान्तुको नयाँ गीत ‘मार्‍यो सुड्डो’ श्रोता/दर्शकमाझ आएको छ । गायक मिलन नेवारको स्वर, दिनेश काजी वान्तवाको संगीत, सञ्जीव बराइलीको संगीत संयोजन र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो श्रोता/दर्शकमाझ आएको हो ।

काजिश श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा एलिशा राई र सन्दीप क्षेत्रीलाई फिचरिङ गरिएको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

गीतकार वान्तुका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । आफ्ना यसअघिका गीत जस्तै सार्वजनिक गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको वान्तुले बताउनुभयो । गीत सार्वजनिक भएको छोटो समयमै युट्युबमा राम्रै भ्युअर्स बटुल्न सफल भएको छ । 


Top