प्रत्युष श्रेष्ठको डेब्यु गीत 'अल्लारे मन' ( भिडियो )

हिमालय टाइम्स   POSTED ON : कार्तिक २३, २०७८ (१०:४५ AM)

प्रत्युष श्रेष्ठको डेब्यु गीत 'अल्लारे मन' ( भिडियो )

काठमाडौं ।  धनकुटा पहाडमा बाल्यकालमा  बिताएका मिठा सम्झनाहरुलाई समेटेर गायक प्रत्युष श्रेष्ठले आफ्नो पहिलो म्युजिक भिडियो 'अल्लारे मन' सार्वजनिक गरेका छन्।

यस गीतमा स्वर, शब्द र संगीत स्वयम् श्रेष्ठको रहेको छ। गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा विपना थापा र विकाश जोशी बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  साथै भिडियोमा एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको समेत भिडियोमा अभिनय रहेको छ।  

जावेद खानले छायांकन गरेको भिडियोलाई उज्ज्वल जोशीले सम्पादन गरेका हुन्। छबि लाल तामाङ ( शिशिर ) को निर्देशनमा भिडियो तयार पारिएको हो।  ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। पेशाले न्युरोसर्जनका रुपमा  कार्यरत  श्रेष्ठले यस  म्युजिक भिडियोलाई  हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  

Top