१२खरी कथालेखन प्रतियोगितामा न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम

हिमालय टाइम्स   POSTED ON : मंसिर ४, २०७८ (७:३६ AM)

१२खरी कथालेखन प्रतियोगितामा न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम

काठमाडौं । १२खरी कथालेखन प्रतियोगिता-२०७८ मा ‘अन्तिम अतिथि’ शीर्षकको कथाका लागि मनोजादित्य न्यौपानेले प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी ‘बुढो घर’ शीर्षकको कथाका लागि स्वप्निल निरवले दोस्रो पुरस्कार र ‘मुडुली’ शीर्षकको कथाका लागि रेणुका जिसीले तेस्रो पुरस्कार प्राप्त गर्नुभएको छ । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख रुपैयाँ, साठी हजार रुपैयाँ र चालीस हजार रुपैयाँ रहेको छ । कार्यक्रममा उत्कृष्ट २२ कथाकारहरूलाई पनि प्रमाणपत्रसहित पाँच/पाँच हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री डा. मीनेन्द्र रिजालले साहित्यले समाजको यथार्थ चित्रण गर्ने बताउनुभएको छ । ‘१२खरी कथालेखन प्रतियोगिता-२०७८ विजेता घोषणा तथा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले साहित्यले समाजको विकासक्रमको यथार्थ चित्र प्रस्तुत गर्ने बताउनुभएको हो । उहाँले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञानविज्ञानका कुराको प्रतिबिम्ब सम्बन्धित विषयसँग सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रहरूले साँचो अर्थमा दिने उल्लेख गर्नुभयो । उहाँले समकालीन साहित्यले समाजको समग्र पाटोबारेमा अध्ययन गर्ने एउटा बलियो र गहिरो आँखा दिने पनि बताउनुभयो ।

Top