सञ्चारकर्मी शाक्यको गीति एल्बम ‘सिंगर’ बजारमा

हिमालय टाइम्स   POSTED ON : मंसिर ५, २०७८ (७:५८ AM)

सञ्चारकर्मी शाक्यको गीति एल्बम ‘सिंगर’ बजारमा

काठमाडौं । सञ्चारकर्मी तथा गायक शुलिन शाक्यले नेपाली एल्बम ‘सिंगर’ बजारमा ल्याउनुभएको छ । अथक प्रयासपश्चात् गायक शाक्यले नेपाली एल्बम बजारमा ल्याउन सफल हुनुभएको हो । समय सान्दर्भिक बसाइको क्रममा उहाँले आफ्नो नेपाली डेब्यु एल्बम हातमा लिई गहभरी खुशीको आँशु बगेको हामी माझ व्यक्त गर्नुभयो ।

गायक शाक्यले आफ्नो डेब्यु एल्बम ‘सिंगर’को वरिष्ठ संगीतकार राजु सिंह तथा कभर डिजाइनर अनिल स्थापितद्वारा संयुक्त रूपमा विमोचन गर्नुभएको थियो । गायक शाक्यको एल्बममा ११ वटा गीत समाबेश गरिएको छ । ‘कसम’, ‘जन्ती’, ‘नशा’, ‘अल्झेछ’, ‘बर्बराउँछु’, ‘मर्छु बरु’, ‘प्रतीक्षा’, ‘तसकं बांलाः’, ‘डाँफे’, ‘सुन्दर शान्त नेपाल’ र ‘रोल्पाली भाइ रुकुमे दाइ’लगायत छन् ।

जसमा मोहन मानन्धर, दीपक स्वप्निल श्रेष्ठ, ललेन्द्र शाक्य, सुनिल राजोपाध्याय, सुलिन शाक्य, कोशिश क्षेत्री, बज्र एन, शान्तवीर शाक्य, बुद्ध शाक्य नेवा ः, आशा काजी महर्जन र राज भाइ जकमीद्वारा रचित शब्दहरूलाई राजु सिंह, तीर्थ माली, सुलिन शाक्य, रीता महर्जन, मोहन मानन्धर, दीपक स्वप्निल, कोसिस क्षेत्री, शान्ताबिर शाक्य र मंगल महर्जनले संगीत भर्नुभएको छ ।

उक्त एल्बममा डान्सिङ सेन्टिमेन्टल, लभ, टेक्नो, देश प्रेम र सशस्त्र युद्ध ताकाका गरी विभिन्न भाकाका गीतसंगीत संग्रहीत छन् । त्यी मध्ये केही गीतहरू युटुब र फेसबुक पेजमा पनि उपलब्ध छन् । गायक शाक्यले विभिन्न टेलिभिजनमा समाचार वाचन गर्नुका साथै नेपाल भाषाका धेरै गीत गाइसक्नुभएको छ ।

Top