निर्देशकको जिम्मेवारी बढी हुन्छ : अमर विश्वकर्मा, निर्देशक

हिमालय टाइम्स   POSTED ON : मंसिर ५, २०७८ (८:०१ AM)

निर्देशकको जिम्मेवारी बढी हुन्छ : अमर विश्वकर्मा, निर्देशक

कलाकारिता क्षेत्रमा आफूलाई प्रस्तुत गर्दै आउनुभएका अमर विश्वकर्मा निर्देशकका रूपमा यो क्षेत्रमा स्थापित हुनुहुन्छ । उहाँका सिर्जनाले सफलता पाइरहँदा उहाँको निर्देशकीय क्षमताको तारिफ हुने गर्दछ । कला क्षेत्रलाई मनोरञ्जनका रूपमा मात्र लिनु हुँदैन । यसले मनोरञ्जन सँगसँगै सामाजिक सन्देशसमेत प्रवाह गर्दछ । हाम्रो भाषा, कलासंस्कृतिलाई संरक्षण, संवद्र्धनमा पनि टेवा पु¥याउने कार्य गर्दछ भन्नु हुने विश्वकर्मासँग हिमालय टाइम्सका लागि गरिएको कुराकानीको संक्षिप्त अंश :-

कसरी आउनुभयो यो क्षेत्रमा ?

मेरो सानैदेखिको इच्छा थियो, रहर थियो कला क्षेत्र । यसमा बुझ्दै गए, यसका विभिन्न अवयवलाई बुझ्दै गए र यो क्षेत्रमा आए । 

यो क्षेत्रमा लाग्न उत्प्रेरणा दिने कोही थिए कि ?

सबैभन्दा पहिला त यसको उत्प्रेरक म मेरो घरपरिवारलाई दिन्छु । त्यसपछि साथीभाइका साथै गुरुलाई पनि सम्झनै पर्छ मैले ।

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

कला क्षेत्रमा नै आफूलाई व्यस्त राख्दै आएको छु । केहीमा अभिनय गरेको भए पनि म निर्देशनमै आफूलाई संलग्न गराउँदै आएको छु । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि गरिएको ‘लकडाउन’ र निषेधाज्ञाले हरेक क्षेत्रलाई प्रभावित ग¥यो । नेपाली कला क्षेत्र पनि त्यसको मारमा प¥यो । यसबीचमा स्वास्थ्य सुरक्षाका उपाय अवलबम्न गर्दै केही कार्य भए । विस्तारै अब फेरि उठने जमर्को हुँदै छ । हामी पनि केही नयाँ प्रोजेक्टको तयारीमा छौं । 

यहाँले काम गर्नुभएका केहीको नाम लिनुपर्दा ?

चलचित्र जिसम-२, धोका, दोभान, लाविरिस । यस्तै आधा दर्जन जस्तो छोटा चलचित्रमा पनि निर्देशन गरेको छु ।

यहाँले अभियन र निर्देशन गरेकामा आफैंमा मन परेको सिर्जना ?

एउटा सर्जकलाई आफूले गरेका सिर्जना सबै उत्तिकै मन पर्छ । अभिभावकलाई आफ्ना हरेक सन्तानको माया भएजस्तै सर्जकलाई आफ्ना हरेक सिर्जना उत्तिकै मन पर्छ । तर, जहिले पनि के हुने गर्दछ भने योभन्दा अझै राम्रो गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । यसमा यसो गरेको भए अझै गज्जब हुन्थ्यो भन्ने पनि हुन्छ । यो साह्रै गाह्रो प्रश्न हो ।

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रलाई कस्तो पाउनुहुन्छ ?

नेपाली चलचित्रलाई हिजोभन्दा धेरै विकसित र परिष्कृत रूपमा देख्छु । यसको बजार विस्तार भएको छ । हाम्रा सिर्जनाले नेपालबाहिर विभिन्न अवार्ड चुम्न सफल भएका छन् । यो राम्रो प्रगति हो नेपाली कला क्षेत्रका लागि । 

यहाँले केहीमा अभिनय पनि गर्नुभएको छ तर आफूलाई निर्देशकका रूपमै प्रस्तुत गर्दै आउनुभएको छ । अभिनय र निर्देशनमा कुन गाह्रो रहेछ ?

राम्रो गर्नुपर्दा दुवै काम गाह्रो हो । यसमा अभिनय अर्कोले भनेको जसरी गर्नुपर्छ भने निर्देशकको जिम्मेवारी बढी हुन्छ । निर्देशक भनेको चलचित्रको टिम क्याप्टेन भएकाले बढी जिम्मेवारी रहने गर्दछ । एउटा प्रस्तुतिलाई कसरी राम्रो बनाउने भन्ने जिम्मेवारी रहन्छ निर्देशनमा । 

कला क्षेत्रलाई कसरी लिनुपर्छ भन्ने लाग्छ ?

कला क्षेत्रलाई मनोरञ्जनका रूपमा मात्र लिनु हुँदैन । यसले मनोरञ्जनसँगसँगै सामाजिक सन्देशसमेत प्रवाह गर्दछ । हाम्रो भाषा, कलासंस्कृतिलाई संरक्षण, संवद्र्धनमा टेवा पु¥याउने कार्य गर्दछ ।


Top