गोतामेको व्यंग्य निबन्धसंग्रह सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : मंसिर ५, २०७८ (८:१६ AM)

गोतामेको व्यंग्य निबन्धसंग्रह सार्वजनिक

काठमाडौं । सिस्नोपानी नेपालद्वारा आयोजित कार्यक्रममा प्रसिद्ध व्यंग्यशिल्पी श्याम गोतामेको व्यंग्य निबन्धसंग्रह ‘सेन्स, कमनसेन्स, ननसेन्स’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्रष्टा यादव खरेलले उक्त व्यंग्यकृतिको विमोचन गर्नुभयो ।

कार्यक्रममा खरेलले विमोचन मन्तव्य दिँदै व्यंग्यशिल्पी गोतामेका व्यंग्य रचना कालजयी र सार्वकालिक रहेको बताउनु भएको थियो । २३/२४ वर्षअघि लेखिएका गोतामेका व्यंग्य निबन्ध आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाले बताउनुभयो । सार्वजनिक निबन्धसंंग्रहमाथि साहित्यकार नरेन्द्रराज पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजेश खनाल, मनोज गजुरेल, नीरा गौतम र सरोज घिमिरेले बोल्नुभएको थियो ।

Top