दीपिका पठानको सुटिङमा व्याक

एजेन्सी   POSTED ON : मंसिर ५, २०७८ (८:३३ AM)

दीपिका पठानको सुटिङमा व्याक

मुम्बई । आफ्नो वैवाहिक वर्षगाँठ मनाएपछि बुधबार मुम्बईमा दीपिका पादुकोण ‘पठान’ फिल्मको सुटिङमा फर्किनुभएको छ । शाहरूख खान डिसेम्बरको पहिलो साता यस फिल्मको सुटिङमा फर्किंदै हुनुहुन्छ । चलचित्रमा जोन इब्राहिमले पनि एक रूसी माफियाको भूमिका निर्वाह गर्दै हुनुहुन्छ ।

यस एक्सन चलचित्रको सुटिङ स्पेनसहित अन्य धेरै देशहरूमा पनि हुनेछ । स्पेनका मर्लोका, काडिज र वेजेर डिला फ्रेन्टरा शहरमा दीपिका र शाहरूखको गीतका दृश्यहरू सुट हुनेछ । चलचित्रमा जोन इब्राहिमको बाइट स्टन्ट हुनेछ । यस फिल्ममा शाहरूख खान रअ एजेन्टको भूमिकामा हुनुहुन्छ । 

Top