राष्ट्रिय संगीतकर्मी संघमा विक्रमको नेतृत्व

हिमालय टाइम्स   POSTED ON : मंसिर ६, २०७८ (६:५० AM)

राष्ट्रिय संगीतकर्मी संघमा विक्रमको नेतृत्व

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघमा विक्रमजंग शाहको नेतृत्व आएको छ । ५औं महाधिवेशनबाट अध्यक्ष पदमा विक्रमजंग शाह भारी मतले विजयी हुनुभएको हो । विक्रमले नवराज ढुंगानालाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभयो । यस्तै संघको महासचिवमा अमृत खाती भारी मतले विजयी हुनुभयो । उहाँले ऋषि अधिकारीलाई पराजित गर्दै महासचिव पदमा विजयी हुनुभएको हो । 

जम्मा मत ६३२ मा विक्रमजंग शाहले ५३८ मत प्राप्त गर्दा उहाँको प्रतिद्वन्द्वी नवराज ढंगानाले ८५ मत प्राप्त गर्नुभयो । महासचिवका लागि अमृत खातीले ४९८ मत प्राप्त गर्दा उहाँको प्रतिद्वन्द्वी ऋषि अधिकारीले १०६ मतमात्र ल्याउनुभयो । महासचिव र अध्यक्ष पदबाहेक अन्य पदमा भने पदाधिकारीहरू निर्विरोध निर्वाचित हुनुभयो । वरिष्ठ उपाध्यक्षमा गायक प्रकाश कटुवाल, उपाध्यक्षहरूमा गायिका उमा श्रेष्ठ, मिलन श्रेष्ठ, होम सुवेदी, श्यामसुन्दर धिताल चयन हुनुभयो ।

उपमहासचिवमा गायक तथा सर्जक विनोद ढकाल र जीवन परियार, कोषाध्यक्षमा राजकुमार हुमागाई, सहकोषाध्यक्ष सिर्जु अधिकारी, प्रवक्ता कुमार कार्की, सचिव मञ्जु गौतम र सूर्य श्रेष्ठ रहनुभएको छ ।

Top