मिस वल्र्डमा प्रतिनिधित्व गर्न नम्रताको अमेरिका प्रस्थान

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (७:०५ AM)

मिस वल्र्डमा प्रतिनिधित्व गर्न नम्रताको अमेरिका प्रस्थान

काठमाडौं । मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका प्रस्थान गर्नुभएको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसाकारलगायतले उहाँलाई शनिबार साँझ त्रिभुवन विमानस्थल बिदाइ गर्नु भएको थियो ।

‘मिस वल्र्ड’ १६ डिसेम्बरमा अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको प्रतियोगिता फेरि सुरु भएको हो । त्रिभुवन विमानस्थलमा अमेरिका उड्नु अगाडि श्रेष्ठले यो पटक ‘मिस वर्ल्ड’को ताज नेपाल ल्याउने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । ताजका लागि भोटिङदेखि हरेक पाइलामा सबैको साथको अपेक्षा आफूले गरेको सुनाउनुभयो । मिस वल्र्डका लागि नम्रताले दुई भिडियोसमेत तयार पार्नुभएको छ । 

क भिडियोमा उहाँको परिचय रहेको छ भने दोस्रोमा ब्युटी विथ पर्पस विधाका लागि उहाँले धादिङ जिल्लामा निर्माण गरेको झोलुंगे पुलको जानकारी छ । दुवै भिडियोले आफूलाई उपाधि जित्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । 

Top