‘आकाशमुखी’को आवरण सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (७:०७ AM)

‘आकाशमुखी’को आवरण सार्वजनिक

काठमाडौं । लेखक मोहन मैनालीद्वारा अनुदित निबन्धहरूको किताब ‘आकाशमुखी’को आवरण सार्वजनिक गरिएको छ । दशैँको अवसरमा प्रकाशन गृह बुक–हिलले आफ्नो ट्विटर हृयाण्डलबाट आयोजना गरेको ‘कोट एन्ड आरटी’अन्तर्गतका उपविजेताद्वय ‘म्याउँ’ र ‘मस्तमौलाना’ले आवरण सार्वजनिक गर्नु भएको हो । 

सामाजिक सञ्जाल ट्विटरमा चर्चित रहेका अपरिचित पाठकबाट आफ्नो पुस्तकको आवरण सार्वजनिक गराउन पाएकोमा लेखक मैनालीले खुशी प्रकट गर्नु भएको छ । किताबको आवरण चर्चित ग्राफिक डिजाइनर सचिन यगोल श्रेष्ठले बनाउनुभएको हो । मैनालीका प्रिय १५ वटा विदेशी निबन्धको अनुदित यो किताब आगामी जनवरीमा बजारमा आउनेछ ।

सो अवसरमा लेखकद्वय कुमार नगरकोटी र मोहन मैनालीले उपविजेताद्वयलाई उपहार हस्तान्तरण गर्नुभयो । विजेता ‘काजी बा’ (कार्यक्रममा अनुपस्थित) र उपविजेताद्वयलाई करिब ४० हजार रुपैयाँबराबरका पुस्तक प्रकाशन गृह बुक–हिलले उपहारस्वरूप प्रदान गरिएको थियो । 

Top