३६ मोडल एउटै र्‍याम्पमा उत्रिँदै

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (८:१० AM)

३६ मोडल एउटै र्‍याम्पमा उत्रिँदै

काठमाडौं । आइसी कलेजको आयोजना र फेसन शोको नेक्स्ट मोडल्स नेपालको व्यवस्थापनमा यस वर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना गर्ने भएको छ । आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने यस फेसन शोका लागि ३६ मोडल छानिएको आयोजकले जनाएको छ । 

नेक्स्ट मोडल्सले हालै अडिसनमार्फत २८ फिमेल र ८ मेल मोडल गरेर फेसन शोका उत्कृष्ट ३६ मोडल छनौट गरेको छ । होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरूले र्‍याम्पमा प्रस्तुत दिने बताइएको छ । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८औं व्याजका पास आउट विद्यार्थी हुन् ।

‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन शो हो । विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यसवर्ष विगतभन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेनट जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो ।

‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिनुभयो ।

Top