‘८३’ को प्रोमो सार्वजनिक

एजेन्सी   POSTED ON : मंसिर १६, २०७८ (८:२७ AM)

‘८३’ को प्रोमो सार्वजनिक

मुम्बई । बलिउड स्टार रणवीर सिंह स्टारर चलचित्र ‘८३’को प्रोमो सार्वजनिक भएको छ । सन् १९८३ को क्रिकेट म्याचलाई लिएर बनाइएको चलचित्रलाई कविर खानले निर्देशन गर्नुभएको छ भने नायिका दीपिका पादुकोणको पनि चलचित्रमा महत्वपूर्ण भूमिका छ । 

ट्रेलरसँगै ‘८३’ को प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । डिसेम्बर २४ मा यो फिल्म विश्वभर हेर्न सकिनेछ । रणवीर सिंह अभिनित चलचित्र सूर्यवंशी हाल प्रदर्शनरत छ भने ‘छपाक’ पश्चात् दीपिका दर्शकमाझ आउन लाग्नुभएको हो । कोरोना कहर साम्य भएसँग बलिउडका बहुप्रतिक्षित चलचित्रहरू प्रदर्शन भइरहेका छन् । ‘८३’ पनि यसमध्ये एक बहुप्रतिक्षि चलचित्र हो ।

Top