‘मिस युनिभर्स’मा भाग लिन इजरायलमा सुजिता

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (८:३७ AM)

‘मिस युनिभर्स’मा भाग लिन इजरायलमा सुजिता

काठमाडौं । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल पुग्नुभएको छ । ७०औं ‘मिस युनिभर्स’ भाग लिन उहाँ गत शनिबार राति इजरायल उड्नुभएको हो । त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठलगायत टिमले शुभकामनासहित उहाँलाई बिदाइ गर्नुभएको थियो । 

इरजायल उड्न् अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’को ताज नेपाल भित्रिने आस गर्न सकिने बताउनुभयो । उहाँले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उद्देश्यसहित आफू सहभागी हुन लागेको बताउनुभयो ।

गत महिना राजधानीको होटल याक एण्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’को ग्राण्ड फिनालेमा उहाँले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिनुभएको थियो । प्रतियोगीताका लागि उहाँले नेपालको पहिचान झल्कने एक कस्ट्युमसहित विभिन्न तयारी गर्नुभएको छ । ‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगीतामा ७० बढी देशमा सुन्दरीहरूको सहभागिता रहनेछ । 

Top