राप्रपाको महामन्त्री पदमा रेखाको दाबी

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (८:४० AM)

राप्रपाको महामन्त्री पदमा रेखाको दाबी

काठमाडौं । नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जारी एकता महाधिवेशनमा महामन्त्री पदमा दाबी गर्नुभएको छ । नायिका थापाले अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री बन्ने दौडधुप गर्नुभएको छ । लिङ्देन निकट स्रोतका अनुसार नायिका थापाले आफू महामन्त्री बन्ने प्रस्ताव लिङ्देनसँग राख्नु भएको छ । यो प्यानलबाट धवल शमशेर राणाले यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । उहाँ नेपालगञ्ज उपमहानगरपालिकाका मेयर हुनुहुन्छ । 

नायिका थापा राप्रपाकी केन्द्रीय सदस्य हुनुहुन्छ । तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राप्रपा प्रवेश गरेर उहाँ केन्द्रीय सदस्यमा लड्नुभएको थियो । रेखा पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ । 

उहाँसँगै गायिका तथा सञ्चारकर्मी कोमल ओली पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । ओली नेकपा (एमाले)मा प्रवेश गरेर सामानुपातिकबाट सांसद हुँदै राष्ट्रियसभा सदस्य हुनुहुन्छ । मंगलबार सम्पन्न एमालेको १०औं महाधिवेशनबाट ओली केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । 

Top