न्यूओर्कबाट फर्किनुभयो राजेशपायल

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (८:५० AM)

न्यूओर्कबाट फर्किनुभयो राजेशपायल

काठमाडौं । अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा सांगीतिक प्रस्तुतिका लागि अमेरिकाको न्यूयोर्क पुग्नु भएका लोकप्रिय गायक राजेशपायल राई नेपाल फर्किनुभएको छ । दुई साताअघि न्यूयोर्क पुग्नु भएका राजेशपायलले स्टेजमा गाउँदै गर्दा पासाङ दाबा शेर्पा नाम गरेका एक युवाले पछाडिबाट दुव्यर्वहार गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा कलाकारप्रति भएको दुव्यर्वहारलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका थिए । 

बिहीबार फर्किनु भएका गायक राजेशपायललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । सर्वसाधारणसँगै बुद्ध ट्याक्स नामको संस्थाबाट उहाँलाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै गायक राजेशपायलले आफूलाई भव्य स्वागत गर्नुपर्ने ठूलो काम नगरेको बताउनुभयो । ‘यो न्यानो मायाका लागि धन्यवाद । तर यति भव्य स्वागत गर्नुपर्ने काम गरेको छैन’, राजेशपायलले भन्नुभयो, ‘यो नेपाली गीतसंगीत प्रतिको माया हो भन्ने लाग्छ ।’

राजेशपायलले आफूलाई नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन कोसिस गरिएको एक योद्धा भन्नुभएको छ । उहाँले भन्नुभयो, ‘म सधैं अन्तर्राष्ट्रिय बजारमा नेपाली गीतसंगीतलाई कसरी पु¥याउन सकिन्छ भनेर सोचिरहने व्यक्ति हुँ । यसरी ठाउँठाउँमा दिनुभएको मायाले नेपाली गीतसंगीतका लागि अझ धेरै गर्नुपर्छ भन्ने लागिरहेको छ ।’ 

यस्तै गायक राजेशपायलले दर्शकले दिएको महागायकको पगरीलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा स्नेहले दिएको पगरीलाई आफूले स्वीकार्ने बताउनुभयो । ‘मैले जहिले पनि दर्शक तथा श्रोताले स्नेशले दिएको कुरालाई स्वीकार्ने गरेको छु । यसअघि कान्तिपुर पब्लिकेशनका पत्रकार ज्यूहरूको टिमले राइइज किङको पगरी दिनुभयो । त्यो मलाई दिनु भनेको होइन र कसैले मायाले दिनुहुन्छ भने स्वीकार्य छ ।’

यस्तै उहाँले प्रस्तुति दिँदै गर्दा भएको घटनालाई धेरै लम्ब्याउन नचाहेको बताउनुभयो । आफ्नो सामाजिक सञ्जालबाट आफूले प्रष्ट पारिसकेको भन्दै त्यो विषयमा बोल्न उचित नहुने धारणा राख्नुभयो । यस्तै उहाँले न्यूयोर्कको रोचेष्टर राज्यका मेयरबाट आफूले पाएको सम्मानलाई ठूलो उपलब्धि भन्नुभएको छ । साथै उहाँले सम्पूर्ण नेपाली कलाकारको घरमा चुहृलो बल्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘मैले भन्दै आएको कुरा हो । एक कलाकार भनेर विभिन्न ठाउँमा मान, इज्जत पाउने तर कलाकारको घरमा चुहृलो नबल्ने हुनुहुँदैन । म त्यो कुरालाई मनमा लिएर अघि बढेको छु । हरेक कलाकारको घरमा चुहृलो बल्नुपर्छ । यो विषयबाट आम नयाँ कलाकारलाई प्रेरणा मिलोस् ।’

गत डिसेम्बर ३१ मा नयाँ वर्ष २०२२ विशेष सांगीतिक कार्यक्रममा भएको दुव्यर्वहारका कारण राजेशपायलसँगै उक्त कार्यक्रमको चर्चा भएको थियो । दुव्यर्वहार गर्ने शेर्पाले गल्ती भएको भन्दै माफी मागिसकेका छन् । 

Top