कोरोना संक्रमित लताको स्वास्थ्यमा सुधार

एजेन्सी   POSTED ON : पुष ३०, २०७८ (८:५९ AM)

कोरोना संक्रमित लताको स्वास्थ्यमा सुधार

मुम्बई । कोरोना संक्रमित भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको छ । चिकित्सकका अनुसार आईसीयूमा उपचाररत मंगेशकरको स्वास्थ्यमा केही सुधार आएको छ । 

एएनआईका अनुसार मंगेश्करलाई चिकित्सकहरूले उच्च निगरानीमा राख्नुका साथै परिवारसँग समेत भेट्न दिएका छैनन् । अझै १० देखि १२ दिन उहाँलाई आईसीयूमै राखिने अस्पतालले जनाएको छ ।

कोरोनाको सामान्य लक्षण देखिए पनि उमेरका कारण उहाँलाई मुम्बईको क्याण्डी अस्पतालमा आईसीयूमा उपचार भर्ना गरिएको थियो । यसअघि सन् २०१९ मा श्वासप्रश्वासमा समस्या आउँदा लतालाई अस्पताल भर्ना गरिएको थियो ।

Top