25th September | 2020 | Friday | 9:08:47 PM

अन्नपूर्ण गाउँपालिकाद्वारा 'एक व्यक्ति एक मास्क, एक घर एक सावुन ब्रोसर’ अभियान सुरु

शिव बराल   POSTED ON : श्रावण ३१, २०७७ (७:४० PM)

अन्नपूर्ण गाउँपालिकाद्वारा 'एक व्यक्ति एक मास्क, एक घर एक सावुन ब्रोसर’ अभियान सुरु



पोखरा । अन्नपूर्ण गाउँपालिकाले ‘एक व्यक्ति एक मास्क, एक घर एक सावुन  ब्रोसर’ अभियानको सुरुवात गरेको छ । शुक्रबार देखि सुरु भएको यस अभियानलाई नेलम्बो नेपाल, पोखरा -४ ले सहयोग गरेको हो।


लकडाउन हटेपनि कोरोनाको त्रास भने कायम नै रहिरहेको छ। गाउँपालिकावासीलाई कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट बचाउन र सचेत गरि उक्त अभियान मार्फत  टोलटोलमा पुग्ने गरी सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो ।

 नेलम्बोले गाउँपालिकालाई बिहीबार नै एक कार्यक्रमका बीच ३० हजार थान मास्क र १५ हजार ब्रोसर उपलब्ध गराएको थियो । 

गाउँपालिका अध्यक्ष युवराज कुँवरले नेलम्बोले पहिले देखीनै  महत्वपूर्ण सहयोग गर्दै आएकोमा आभार प्रकट गर्नुभएको छ ।उहाँले कोरोना संक्रमण रोक्न सचेतना, मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्नु अत्यावश्यक रहेको बताउनु भयो।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरीत सामग्री प्रत्येक पालिकावासीसम्म पुग्नुपर्ने समेत जोड दिनुभएको थियो । देबकोटाले स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा संस्थाले सदा कार्य गर्दै आएको पनि बताउनु भयो।


नेलम्बोका अध्यक्ष देवकोटासहित कार्यक्रम संयोजक डा। किशन कोइराला, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी लगायतको टोलीले  गाउँपालिका अध्यक्ष कुँवर, उपाध्यक्ष सगुन गुरुङ, प्रशासकीय अधिकृत अधिकारी, स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल, लेखापाल सरिता गौतम, शिक्षा शाखा प्रमुख बलराम भुगाई लगायतको टोलीलाई सामग्री हस्तान्तरण गर्नु भएको थियो ।कार्यक्रममा लगभग रु।३ लाख २२ हजार बराबरका सामग्री हस्तान्तरण गरिएको थियो।

Views: 66