15th June | 2021 | Tuesday | 9:05:03 AM

स्याङ्जामा बस जल्यो

युवराज पौडेल   POSTED ON : चैत्र २४, २०७७ (९:१५ PM)

स्याङ्जामा बस जल्यो

स्याङ्जा । स्याङ्जाको पुतलीबजार–वडा नं ६ नुहारस्थित टक्सार–पोखरा भित्री सडक खण्डमा चल्ने ग १ ख ७१६६ नम्बरको बस जलेर पूर्ण रुपमा नष्ट भएको छ । 

चैत्र २३ गते राति १० बजेको समयमा बसमा तार सट भई एक्कासी आगलागी भएको बताइएको छ । आगलागीका समयमा बसमा कोही पनि यात्रु नभएको प्रहरीले बताएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार सो बसका चालक पोखरा–२१ कृस्तीका सुवास बिक र सहचालक पोखरा २१ कै नवराज गिरी रहेको र उनीहरू हाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।


Views: 876