15th June | 2021 | Tuesday | 10:12:04 AM

पत्रकार महासंघ म्याग्दीमा मिश्रित परिणाम : अध्यक्षमा पौडेल

ध्रुवसागर शर्मा   POSTED ON : चैत्र २६, २०७७ (१०:५८ AM)

पत्रकार महासंघ म्याग्दीमा मिश्रित परिणाम : अध्यक्षमा पौडेल

म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दीको निर्वाचनमा मिश्रित परिणाम प्राप्त भएको छ ।

मध्यराति सकिएको मत गणना अनुसार नयाँ कार्यकालका लागि प्रकाश पौडेल अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक प्रेमबहादुर कार्कीका अनुसार पौडेलले ३० मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका प्रतिद्धन्दी ठाकुरप्रसाद आचार्य (शिव)ले २७ मत प्राप्त प्राप्त गरेका छन् ।

पौडेलले प्रेस चौतारी र आचार्यले प्रेस चौतारी नेपाल,प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका थिए ।

त्यसैगरी निर्वाचित हुनेहरुमा उपाध्यक्षमा हरिकृष्ण गौतम,महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री (मालती) सचिवमा सन्तोष गौतम,कोषाध्यक्षमा दलबहादुर विश्वकर्मा (अमित),सहसचिवमा प्रमोद शर्मा,सहसचिव समावेशीमा साधन राम्जाली रहेका छन् ।

सदस्यहरुमा (समावेसीतर्फ) नजराना सिंह ठकुरी, सदस्य खुलातर्फ अमृत बास्कुने,कमल खत्री,कृष्णबहादुर जिसी,सन्दिप खत्री र सन्दिप शर्मा रिजाल विजयी भएका छन् ।

त्यसैगरी केन्द्रिय परिषद् सदस्यमा धु्रवसागर शर्मा र सविता बानियाँ,प्रदेश परिषद् सदस्यमा अमर बानियाँ, देविप्रसाद शर्मा,निर्मल खत्री र विक्रम बोगटी,महिला सदस्यमा जेनिसा पुरी र जनजाती सदस्यमा सुदर्शनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।


Views: 187