16th May | 2021 | Sunday | 2:19:25 AM

बागलुङको निसीखोलामा आगलागी हुँदा दुई घर जलेर नष्ट

डम्मर बुढा मगर   POSTED ON : चैत्र २७, २०७७ (४:२७ PM)

बागलुङको निसीखोलामा आगलागी हुँदा दुई घर जलेर नष्ट

बागलुङ । निसीखोलामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । 

निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीमा आगलागी हुँदा स्थानीय नरबहार क्षेत्रीको घर गोठ, नरि क्षेत्री घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङ सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो ।

स्थानीय प्रेमबहादुर क्षेत्रीको घरमा आंशिक क्षति भएको उहाँको भनाई छ । बारीमा आगो लगाउने अनियन्त्रित भई घरसम्म पुगेर आगोलागी भएको स्थानीयको भनाई छ । 

आगलागीमा मानविय क्षति नभए पनि भौतिक क्षति भएको छैन । आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आइ सकेको छ । 

आगलागीमा घर गोठ जलेपछि नरबहार क्षेत्री र नरि क्षेत्रीको परिवारको बिचल्ली भएको छ । आगलागीमा भएको क्षतिको विवरण आउन बाँकी छ ।


Views: 75