16th May | 2021 | Sunday | 7:22:40 PM

माछा मार्ने क्रममा करेन्ट लागि स्याङ्जामा युुवकको मृत्यु

  POSTED ON : चैत्र ३०, २०७७ (१२:१० PM)

माछा मार्ने क्रममा करेन्ट लागि स्याङ्जामा युुवकको मृत्यु

स्याङ्जा । स्याङ्जाको भीरकोटमा माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ । २८ गते दिउंसो माछा आँधीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्याङ्जा भीरकोट–७ का ३० वर्षीय विवेक खाँडको मृत्यु भएको हो । आँधीखोलाको गजेबास देउरालीस्थित एक नारायण पौडेलको घरबाट विद्युत जडान गरी प्रदीप माझी, विवेक खाँड र एक नारायण पौडेल मिली माछा मार्ने क्रममा उनको मृत्यु भएको हो । उनी करेन्ट लागेपछि घाइते भएका थिए । घाइते खाँडलाई उपचारको लागि गह्रौ प्राथमिक अस्पताल वालिङमा लगिएकोमा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले ३५० मिटर लामो बिजुलीको तार समेत फेला पारेको छ । घटनामा संलग्न एक नारायण पौडेल र प्रदीप माझीको विरुद्धमा प्रहरीमा जाहेरी परेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिई अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको र थप अनुसन्धान भइरहेको स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् । 


Views: 143