18th May | 2021 | Tuesday | 7:17:00 AM

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता

हिमालय टाइम्स   POSTED ON : बैशाख २, २०७८ (२:०४ PM)

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।भावी मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ। 

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुभएको हो ।

 अविश्वास प्रस्ताव दर्ता गर्न माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, जसपाका नेता हरिशरण आचार्य, कांग्रेस सांसद कुमार खड्कालगायत प्रदेश सभा सचिवालय पुग्नुभएको हो ।


अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।

कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो।

यो प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर गरेका छैनन्। 


Views: 86