16th May | 2021 | Sunday | 7:32:00 PM

बागलुङको ताराखोलामा चट्याङ लागेर एक जनाको मृत्यु

डम्मर बुढा मगर   POSTED ON : बैशाख ३, २०७८ (१२:१७ PM)

बागलुङको ताराखोलामा चट्याङ लागेर एक जनाको मृत्यु

बागलुङ । बिहिबार साझ चट्याङ लागेर बागलुङको ताराखोलामा एक जना को ज्यान गएको छ । ताराखोला गाउँपालिका वडा नम्बर २ सिलेका सले निवासी ४५ बर्षिय खिमानन्द कँडेलको मृत्यु भएको हो ।

साँझ ७ बजे साझ आफ्नै गोठमा श्रीमतीले भैंसी दुहुदै गर्दा लाइट बालिरेका कँडेल एक्कासी चट्याङ लागेर ढलेको पारिवारिक स्थानीय भिम बहादुर घर्तीले जानकारी दिए । कँडेललाई तत्कालै उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा पु¥याइएको थियो ।

राती नै अस्पतालमा पुर्याउदा कँडेललाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक लक्ष्मण न्यौपानेले जानकारीले दिए ।  

घटनाको बारेमा थप अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ । आज पनि मुलुकका विभिन्न भागमा चटङ्या सहित वर्ष हुने बताइएको छ ।


Views: 76