16th May | 2021 | Sunday | 5:56:26 PM

स्याङ्जामा चट्याङबाट एकको मृत्यु

युवराज पौडेल   POSTED ON : बैशाख ३, २०७८ (२:४५ PM)

स्याङ्जामा चट्याङबाट एकको मृत्यु

स्याङ्जा । स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका–५ बाँगे बाहुनथरका ३९ वर्षीय ईश्वरी प्रसाद लामिछानेको हिजो चट्याङ् परेर मृत्यु भएको छ । हिजो परेको असिनापानीका समयमा साँझ करिब ५ बजेतिर एक्कासि आएको चट्याङ्ले घरमा बसिरहेका लामिछानेलाई बेहोस बनाएको थियो । बेहोस भएका लामिछानेलाई पश्चिमाञ्चल अस्पताल पोखरा पु¥याएपछि डाक्टरले मृत घोषणा गरेका थिए । 

यस्तै सोही ठाउँमै अर्काे घरमा पनि चट्याङ् परेको सोही वडाका वडाध्यक्ष देउकुमारी गुरुङले बताउनुभयो । सोही गाउँमै एक अर्काे गोठमा चट्याङबाट एउटा गोरुसमेत मरेको र बच्चा समेत सामान्य घाइते भएकी छन् । बाँगेफड्केको माध्यमिक विद्यालय मैदान माविमा पनि चट्याङ्ले त्यहाँको कम्प्युटर ल्याबमा ठूलो क्षति पु¥याएको अध्यक्ष चेतन शर्माले जानकारी दिनुभयो । 


Views: 142