18th May | 2021 | Tuesday | 8:24:59 AM

बागलुङ बजारको एक हार्डवर पसलमा आगलागी, एक करोडको क्षति

डम्मर बुढा मगर   POSTED ON : बैशाख ३, २०७८ (६:५४ PM)

बागलुङ बजारको एक हार्डवर पसलमा आगलागी, एक करोडको क्षति

 बागलुङ । बागलुङ बजारको एक हार्डवयर पसलमा आगलागी हुँदा एक करोडको क्षति भएको छ । 

शुक्रबार विहान बागलुङ नगरपालिका वडा नम्बर २ लोकतान्त्रिक चोकमा रहेको सुन्दर श्रेष्ठको श्रेष्ठ हार्डवयरमा आगलागी हुँदा एक करोडको क्षति भएको पीडित परिवारले बताएको छ ।

विहान साढे आठ बजेदेखि लागेको आगो, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, तथा एम्बुलेन्सको सहायताले ढेड घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीमा इलेक्ट्रोनिक्स तथा हार्डवयरका सामानहरु जलेर नष्ट भएका छन् भने घरमा समेत ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

विद्युत सर्त हुँदा आगलागी हुन सक्ने भन्दै सूचना अधिकारी हवारी बताए । इलेक्ट्रोनिक र हार्डवरमा सामानहरु जलेर नष्ट हुँदा एक करोड क्षति भएको पीडित परिवारले दाबी गरेको हवारीको भनाई छ ।

यस विषयका प्रहरीले मुचुल्का तयार पारिरहेको उहाँको भनाई छ । बागलुङका एक हप्ता अगाडी पनि एक फर्निचर उद्योगमा आगलागी हुँदा १८ लाख बढीको क्षति भएको थियो ।


Views: 57