बागलुङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण

डम्मर बुढा मगर   POSTED ON : बैशाख २०, २०७८ (३:२५ PM)

बागलुङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण

 बागलुङ । बागलुङ बागलुङ एकै दिन ७१ जनामा कोरोना पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५३ जना, ताराखोलाका ८, काठेखोलाका ५, जैमिनीकन २, गलकोट, निसीखोला, बरेङ का १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार बागलुङ नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय पुरुष, वडा नम्बर २ का दुई जना ३२ वर्षीया, ४९, ४७, २०, ३०, २५, ३५ र ५२ वर्षीया गरी ९ जना महिला र १६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुने पुरुषमा ३४, ५०, ३१, २०, ३७, ३५, ३८, ५७, ५०, ३०, २६, ५७, ३५, ४१, ६२, र २३ वर्षीय पुरुष रहेका छन् । वडा नम्बर ३ का ३५ र ६१ वर्षीया महिला, ४१, २५, ४५ र ३८ वर्षीया महिला संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ४ का ४१ र ५५ वर्षीया महिला, १८, ७२ र २४ ज.वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ भने वडा नम्बर ५ का २८ र ३१ वर्षीय पुरुष, वडा नम्बर ६ का ४१ र ५९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ७ का १६ वर्षीया महिला, २६, ३६ र ४१ वर्षीय पुरुष, वडा नम्बर ९ का ६८ वर्षीय पुरुष, वडा नम्बर १२ का ३६ र ५२ वर्षीय पुरुष, वडा नम्बर १३ का ६५ वर्षीयमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १४ का १८ वर्षीया महिला र ४६, ५२ र २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै ताराखोला गाउँपालिकाका ४६, २४, २७, ३०, २२, ३०, २३ र ३६ वर्षीय पुरुषला संक्रमण पुष्टि भएके छ ।

बरेङ गाउँपालिकाका ३५ वर्षीय पुरुष, काठेखोला गाउँपालिका वडा नम्बर २ का ५२ वर्षीया महिला र ५३ वर्षीय पुरुष, वडा नम्बर ४ का ५३ वर्षीया महिला र २६ वर्षीय पुरुष, जैमिनी नगरपालिकाका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष र वडा नम्बर ३ का वर्षीया पुरुष रहेका छन् ।

त्यस्तै निसीखोला गाउँपालका वडा नम्बर ७ का ३२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २०९ पुगेको छ ।

कोरोना संक्रमण बढदै गएपछि बागलुङ नगरपालिकामा मंगलबार विहानदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।


Top